(१) नियम ४ बमोजिम दिएको दर्ताको प्रमाण–पत्र एक आर्थिक वर्षसम्म वहाल रहनेछ ।
(२) उपनियम (१) बमोजिम संस्थाको दर्ता वहाल रहने अवधि समाप्त भएको मितिले तीन महिनाभित्र सम्बन्धित व्यक्तिले स्थानीय अधिकारीबाट पा“चसय रुपैंया दस्तुर तिरी दर्ताको प्रमाण–पत्र नवीकरण गराउनु पर्नेछ ।
(३)उपनियम (२) बमोजिम म्याद नाघेपछि कुनै संस्थाले त्यस्तो म्याद नाघी नवीकरण हुन नसकेको मनासिव कारण देखाई दर्ताको प्रमाण–पत्र नवीकरणको लागि निवेदन दिन आएमा स्थानीय अधिकारीले उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा देहाय बमोजिमको थप दस्तुर लिई नवीकरण गरी दिन सक्नेछ –
(क) उपनियम (२) बमोजिमको म्याद नाघेपछि तीन महिनाको लागि रु.१००।–
(ख) खण्ड (क) को म्याद नाघेपछि आषाढ मसान्त सम्मको लागि रु. २५०।–
(ग) खण्ड (ख) को म्याद नाघेपछि अर्को एक आर्थिक वर्षको लागि रु. ५००।– को दरले दुई आर्थिक वर्षको लागि रु. १,०००।–
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र नवीकरण नगराएका संस्थाहरुले दर्ताको प्रमाणपत्र नवीकरण हुन नसकेको मनासिव कारण देखाई नवीकरणको लागि निवेदन दिएमा प्रत्येक आर्थिक वर्षकोलागि लाग्ने नवीकरण दस्तुरको अतिरिक्त प्रत्येक आर्थिक वर्षको लागि एकहजार रुपैंयाका दरले थप जरिबाना समेत लिई स्थानीय अधिकारीले त्यस्तो दर्ताको प्रमाण–पत्र नवीकरण गरिदिन सक्नेछ ।
(५) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संस्थाले बढीमा पा“च वर्ष सम्मको लागि एकै पटक दर्ताको प्रमाण–पत्र नवीकरण गर्न निवेदन दिन आएमा स्थानीय अधिकारीले त्यस्तो संस्थाले गरी आएको कामको प्रकृति र अवस्था हेरी प्रत्येक वर्षको लागि एकसय रुपैंया दस्तुर लिई एकै पटक पा“च वर्षसम्मको लागि दर्ताको प्रमाण–पत्र नवीकरण गरिदिन सक्नेछ ।
(६)दर्ताको प्रमाण–पत्र नवीकरण गर्ने संस्थाले निवेदन दिंदा कार्य समितिका पदाधिकारीहरुको नामावली संलग्न गर्नु पर्नेछ ।
(७)उपनियम (३) र (५) बमोजिम दर्ताको प्रमाण–पत्र नवीकरण गरेको जानकारी स्थानीय अधिकारीले नेपाल सरकार, गृह मन्त्रालयलाई दिनु पर्नेछ ।